बेलायत बस्ने नेपालीको भद्र बिद्रोह

बेलायत बस्ने नेपालीको भद्र बिद्रोह

आफ्ना माग पूरा गराउन भूतपूर्व गोर्खा सैनिकहरुले बेलायतमा आमरण अनशन थालेका छन् । आफूहरुले लामो समयदेखि गरेको संघर्ष र संघर्षपछिको सम्झौता कार्यान्वयन गर्न बेलायत सरकार अनिच्छुक देखिएको भन्दै उनीहरुले बेलायती प्रधानमन्त्री कार्यालयअगाडि आमरण अनसन गरेका हुन् ।

बेलायत सरकारले आफूहरूलाई विभेद गरेकोमा भूतपूर्व गोर्खा सैनिकको गुनासो छ ।

पहिलो र दोस्रो विश्वयुद्धमा बेलायतको विरासत जोगाउन लाखौं गोर्खा मारिएको,धेरैको अंगभंग भएको,धेरै बालबालिका टुहुरा भएको विषय उठाउँदै न्याय माग्दा बेलायत सरकार मौन बसेको उनीहरुको आरोप छ ।

तर,गोर्खाहरुले राखेको जायज मागबारे बेलायत सरकारले अहिलेसम्म मुख खोलेको छैन । अनसनरत गोर्खालीहरु प्रहरी दमनको शिकार बन्न पुगेका छन् । उनीहरुले प्रहरी हस्तक्षेप र अस्वाभविक बल प्रयोगलाई अमानवीय भन्दै बेलायत सरकार र प्रहरी प्रशासनको कडा निन्दा गरेका छन् ।

अनशनमा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई,सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घलेलगायतको सहभागिता रहेको छ ।

बेलायत सरकारले आफूहरुलाई भाडाको सिपाहीको व्यवहार गरेको उनीहरुले धेरै अघिदेखि बताउँदै आएका छन् । बेलायतको शान्ति सुरक्षा,विकास निर्माणमा गोर्खाहरुले अहम भूमिका निभाए पनि बेलायत सरकारको सम्मानको सट्टा उल्टै अपमान गरेकाले अनशन बस्नुपरेको उनीहरुले बताए ।

टिप्पणीहरू