अन्धविश्वास न हो आखिर !

जापानको नागाओकामा प्रसिद्ध ‘लिंग महोत्सव’ सम्पन्न भएको छ । १६ औं शताब्दीतिर जब जापानमा जनसंख्या वृद्धिको अति आवश्यकता भयो, त्यसबेलादेखि यो महोत्सव शुरु गरिएको विश्वास छ । नागाओका गाउँमा सीमित यो महोत्सव अब राष्ट्रव्यापी बन्न पुगेको छ । देशैभरका जनता यो चाड मनाउन त्यहाँ पुग्छन् । काठे पुरुष लिंग प्रदर्शन गर्छन् ।

महोत्सवको बेला पाइने टोपी, आइसक्रिमलगायत सबै खानेकुरा र सामान सोही पुरुष लिंगको आकारमा ढालिएको हुन्छ । महोत्सवको मुख्य आकर्षण एक हजार तीन सय ३० पौण्ड तौलको सात फुट लामो काठे लिंग हो, जुन महिलाले बोकेर परिक्रमा गर्छन् । ठुल्ठूला काठे लिंगमाथि घोडा चढेर महिला रमाउने गर्छन् । यसो गर्दा नवविवाहितहरुको प्रजनन क्षमतामा वृद्धि हुने र दाम्पत्य जीवन स्वर्गसरह हुने उनीहरुको विश्वास छ ।

टिप्पणीहरू