विश्वविद्यालयका रोकिएका परीक्षाहरु सुचारु

त्रिभुवन विश्वविद्यालयले रोकिएको परीक्षाहरु सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सुचारु भएको जनाएको छ ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गराई परीक्षा सञ्चालन गरेको जानकारी गराएको हो ।
‘कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण रोकिएको त्रिविका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूको सेमेष्टर प्रणालीका स्नातक तथा स्नातकोत्तर तह तथा एमफिलको परीक्षा २०७८ श्रावण १२ गतेदेखि भइसकेको छ । त्यसमध्ये केही परीक्षाहरु समाप्त भइसकेका छन् भने केही सञ्चालन भइरहेको छ,’ पछिल्लो सूचनामा उल्लेख छ ।
टिप्पणीहरू