विश्वविद्यालयका रोकिएका परीक्षाहरु सुचारु « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

विश्वविद्यालयका रोकिएका परीक्षाहरु सुचारु

प्रकाशित मिति :  ३१ श्रावण २०७८, आईतवार १९:३०


त्रिभुवन विश्वविद्यालयले रोकिएको परीक्षाहरु सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सुचारु भएको जनाएको छ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गराई परीक्षा सञ्चालन गरेको जानकारी गराएको हो ।

‘कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण रोकिएको त्रिविका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूको सेमेष्टर प्रणालीका स्नातक तथा स्नातकोत्तर तह तथा एमफिलको परीक्षा २०७८ श्रावण १२ गतेदेखि भइसकेको छ । त्यसमध्ये केही परीक्षाहरु समाप्त भइसकेका छन् भने केही सञ्चालन भइरहेको छ,’ पछिल्लो सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !