आज पनि कोरोनाबाट निधन हुनेको संख्या उस्तै, संक्रमित पनि घटेन

कोरोना संक्रमणबाट गत २४ घण्टामा ३३ जनाको ज्यान गएको छ । उक्त अवधिमा २२ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८ जनामा पीसीआर तथा ४ हजार १८ जनामा एन्टिजेन गरी १२ हजार १ सय ६ जनामा परीक्षण गर्दा २२ सय १२ जनामा जनामा संक्रमण भेटिएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय ६७ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३९ हजार २ सय ९८ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू