नेता पत्रकारको,माग नियुक्ति र राजनीतिको

नेपाल पत्रकार महासंघ,लुम्बिनी प्रदेशका सचिवले अचम्मको माग राखेका छन् । आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखिएको ध्यानाकर्षण पत्रमा सचिव जयसिंह केसीले अधिकांश राजनीतिक माग राखेका हुन् ।
उनले बाँके जिल्लामा चक्रपथ बनाउनदेखि कोहलपुर नेपालगञ्ज विद्युत प्रशारण लाइनलाई जतिसक्दो छिटो शुरुआत गर्न माग गरेका छन् ।
यसअघिको ओली सरकारले लुम्बिनी प्रदेशअन्तर्गत लुम्बिनी प्रदेश खेलकुद विकास समितिको सदस्यसचिव लगायत विभिन्न जिल्ला अध्यक्ष र पदाधिकारीलाई प्रदेशको क्याबिनेट बैठकबाट नियुक्त गर्नुपर्ने प्रावधान हुँदाहुँदै विधि र विधान विपरित नियुक्त गरेकोले सबै नियुक्ति तत्काल खारेज गर्न समेत माग गरेको देखिन्छ ।
चुनाव आउन लागेको र त्यसबेला खेलकुद मन्त्रालयको महत्व ज्यादा हुने भएकोले उनले त्यो मन्त्रालयसहित लुम्बिनी प्रदेशको नयाँ सरकारमा युवा तथा सामाजिक विकास मन्त्रालयको नेतृत्व लिनसमेत प्रधानमन्त्रीलाई सुझाएका छन् ।