एकै ठाउँका तीन जना किशोरी बेपत्ता, भारतको सीमा नजिकै पुगेकाे आशंका

एकै ठाउँका तीन जना किशोरी बेपत्ता, भारतको सीमा नजिकै पुगेकाे आशंका

बर्दियामा एकै ठाउँका तीन जना किशोरी बेपत्ता भएका छन् । शुक्रबार बिहानदेखि हराएका उनीहरु फेला नपरेपछि अभिभावकले प्रहरीमा निवेदन हालेका हुन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका ९, बेतहनीका १६ वर्षीया युवतीहरु हराएपछि प्रहरीले खाजीको लागि सक्रियता बढाएको छ । शुक्रबारबाट बेपत्ता भएकाहरुमा सावित्री बराइली, यमुना परियार र अनिता पुन मगर हुन् ।

उनीहरुको बारेमा सोधखोज गर्ने क्रममा परियार र मगरले बोकेको मोबाइलको आधारमा उनीहरु नेपाल भारत सीमा नजिकैको गणेशपुरमा रहेको देखिएको बताइएको छ । किशोरीको खोजीको निम्ति सामाजिक सञ्जालमा गरिएको खबरमा भारतको सीमाना नजिकै देखिएकाले उनीहरुलाई बेच्न लगेको हुनसक्ने आशंका गरिएको छ ।

परिवारले तीन जना किशोरीको बारेमा थप जानकारी भएमा खबर गरिदिन सामाजिक सञ्जालमार्फत् अनुरोध गरेको छ । किशोरीको बारेमा थप जानकारी भए खबर गरिदिन सामाजिक सञ्जालमा ९८६८१८४३५७ नम्बर उपलब्ध गराइएको छ ।

टिप्पणीहरू