ललितपुरमा ‘गुठी विधेयकभन्दा एमसीसी सम्झौता राष्ट्रघाती’ भन्दै कुर्लिए

ललितपुरमा ‘गुठी विधेयकभन्दा एमसीसी सम्झौता राष्ट्रघाती’ भन्दै कुर्लिए

नेवा एकता नागरिक समाज अध्यक्षको नेतृत्वमा एमसीसीको बिरोध गर्दै आज बिहान ललितपुरमा मोटरसाइकल र्याली निकालिएको छ ।

विश्व हिन्दु युवा संघका अन्तर्राष्ट्रिय उपाध्यक्ष तारानाथ लुइँटेल, विश्व हिन्दु युवा संघका अन्तर्राष्ट्रिय सचिव नरेशमान सिंह र रास्ट्रवादी राजनैतिक जनजागरण अभियानका प्रमुख कपिलमान खड्कीको सहभागितामा एमसीसी सम्झौता गुठी विधेयकभन्दा राष्ट्रघाती भन्दै मोटरसाइकल र्याली निस्केको हो ।

बालकुमारीस्थित टुरिष्ट बसपार्क बाट निस्केको र्यालीका सहभागीले राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गर भन्ने नारा लगाएका थिए ।

र्याली बालकुमारी टुरिष्ट बसपार्कबाट च्यासल चोक, कोटेश्वर झोलुङ्गे पुल, बालकुमारीचोक, ग्वार्को, सातदोबाटो, एकान्तकुना, जावलाखेल, पुलचोक, पाटनढोका, गाबहाल, मंगलबजार, टंगालहुँदै लगनखेल पुगेर समापन भएको थियो ।

टोलीले आजै जनता समाजवादी पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने बताइएको छ ।

टिप्पणीहरू