ललितपुरमा ‘गुठी विधेयकभन्दा एमसीसी सम्झौता राष्ट्रघाती’ भन्दै कुर्लिए « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

ललितपुरमा ‘गुठी विधेयकभन्दा एमसीसी सम्झौता राष्ट्रघाती’ भन्दै कुर्लिए

प्रकाशित मिति :  ३१ श्रावण २०७८, आईतवार ११:४५


नेवा एकता नागरिक समाज अध्यक्षको नेतृत्वमा एमसीसीको बिरोध गर्दै आज बिहान ललितपुरमा मोटरसाइकल र्याली निकालिएको छ ।

विश्व हिन्दु युवा संघका अन्तर्राष्ट्रिय उपाध्यक्ष तारानाथ लुइँटेल, विश्व हिन्दु युवा संघका अन्तर्राष्ट्रिय सचिव नरेशमान सिंह र रास्ट्रवादी राजनैतिक जनजागरण अभियानका प्रमुख कपिलमान खड्कीको सहभागितामा एमसीसी सम्झौता गुठी विधेयकभन्दा राष्ट्रघाती भन्दै मोटरसाइकल र्याली निस्केको हो ।

बालकुमारीस्थित टुरिष्ट बसपार्क बाट निस्केको र्यालीका सहभागीले राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गर भन्ने नारा लगाएका थिए ।

र्याली बालकुमारी टुरिष्ट बसपार्कबाट च्यासल चोक, कोटेश्वर झोलुङ्गे पुल, बालकुमारीचोक, ग्वार्को, सातदोबाटो, एकान्तकुना, जावलाखेल, पुलचोक, पाटनढोका, गाबहाल, मंगलबजार, टंगालहुँदै लगनखेल पुगेर समापन भएको थियो ।

टोलीले आजै जनता समाजवादी पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !