कम्प्युटरको नाममा परीक्षाको बिरोध

कम्प्युटरको नाममा परीक्षाको बिरोध

आजदेखि सञ्चालित त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञानको परीक्षा वैकल्पिक माध्यमबाट हुनुपर्ने माग गर्दै कम्प्युटर विज्ञान तथा सूचना प्रविधि एसोसियसन (सीएसआईटी) ले विरोध गरेको छ । एसोसियसनले विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा कालोपट्टीसहित पेन डाउन आग्रह गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको यथास्थितिवादी सोचलाई चिर्न एसोसियसनले सबै विद्यार्थीहरुलाई आफ्नो अभियानमा जोडिनसमेत आग्रह गरेको हो ।

सीएसआईटीले अनलाइन परीक्षा हुनुपर्ने, यथास्थिति प्रणाली परिवर्तन गर्नुपर्ने र विश्वविद्यालयले विद्यार्थीहरुलाई प्राणदान दिनुपर्ने माग गरेको छ ।

टिप्पणीहरू