कृषि वैज्ञानिक तथा धान विज्ञ बस्नेतको निधन

कृषि वैज्ञानिक तथा धान विज्ञ बस्नेतको निधन

कृषि वैज्ञानिक भोलामान सिंह वस्नेतको निधन भएको छ । जीवनको अधिकांश समय नेपालमा धान खेतीको विकास र धानको महत्वमा समर्पण गर्नुभएका बस्नेतको आज निधन भएको हो ।

धान भोलाको नामबाट परिचित वस्नेतको कारोना संक्रमणबाट निधन भएको बताइएको छ । कृषि अनुसन्धान परिषदमा कार्यरत उहाँ पछिल्लो पाँच दशकदेखि धानको उन्नत जातको विकास र यसको विविध पक्षमा अध्ययन र अनुसन्धानरत हुनुहुन्थ्यो ।

टिप्पणीहरू