काठमाडौंमा पाकिस्तानी स्वतन्त्रता दिवस, उपराष्ट्रपति प्रमुख अतिथि

काठमाडौंमा पाकिस्तानी स्वतन्त्रता दिवस, उपराष्ट्रपति प्रमुख अतिथि

पाकिस्तानको ७५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि हुनुहुन्थ्यो ।

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले आज साँझ राजधानीमा विशेष कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा संघका पदाधिकारी तथा काठमाडौंस्थित पाकिस्तानी दूतावासका कार्यवाहक राजदूत तथा कर्मचारीहरुको उपस्थिति रहेको बताइन्छ ।

टिप्पणीहरू