मन्त्रीद्वारा झण्डा उचालेर श्रमदान

मन्त्रीद्वारा झण्डा उचालेर श्रमदान

वागमती प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले असहाय गाई बाच्छा संरक्षणस्थलमा आज श्रमदानसहित झण्डोत्तोलन गर्नुभएको छ । सो अवसरमा उहाँले आफू जत्तिकै अग्लो पिपलको बोटसमेत रोप्नु भएको बताइएको छ ।

उपत्यकामा अलपत्र अवस्थामा रहेका असहाय गाई बाच्छाहरुको उद्धारको निम्ति खोलिएको आश्रयस्थलमा आज मन्त्री फुयाँलले श्रमदान गर्नुभएको भनिएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा रहेको उक्तस्थलमा त्यस्ता गाई बाच्छाहरुलाई खाना, उपचार र मायाको व्यवस्था मिलाइएको जानकारी पनि दिइएको छ ।

अहिले सो स्थलमा १ सय ५३ वटा असहाय गाईबाच्छाहरुलाई आश्रय दिइएको छ । दुई वर्षअघि सुरु भएको उक्त अभियानले राजधानी उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्र बनाउन सहयोग पुग्ने बताइएको छ ।

टिप्पणीहरू