काँग्रेसले महाधिवेशनको तालिका फेर्यो, अब मंसिर ९ देखि १३

काँग्रेसले महाधिवेशनको तालिका फेर्यो, अब मंसिर ९ देखि १३

नेपाली काँग्रेसले फेरी १४ औं महाधिवेशनको मिति फेरेको छ । आगामी भदौमा हुने भनिएको महाधिवेशनको मिति मंसिर दोस्रो सातामा सार्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सहमति जनाएको हो ।

काँग्रेस केन्द्रीय कार्य समितिको आज बुढानीलकण्ठमा बसेको बैठकले उक्त निर्णय गरेको हो । जसअनुसार अब क्रियाशील सदस्यको अन्तिम नामावली र निर्वाचन निर्देशिका बुझाउने मिति भदौ २ गते तोकिएको छ ।

त्यसैगरी वडा अधिवेशन भदौ १८ गते, गाउँ तथा नगरपालिकाको अधिवेशन भदौ २७ गते र प्रदेश निर्वाचन क्षेत्रस्तरीय महाधिवेशनको नयाँ मिति असोज १ गतेको लागि तय गरिएको छ ।

संघीय निर्वाचन क्षेत्रस्तरीय अधिवेशन असोज ५ गते, जिल्लास्तरीय असोज १० गते, प्रदेशस्तरीय कात्तिक १० र १२ गते तथा केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्मको लागि तय गरेको बताइएको छ ।

यसअघि नेपाली काँग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भनिएको थियो ।

टिप्पणीहरू