नेपाली कांग्रेस (विपी) संगठन विस्तारमा

नेपाली कांग्रेस (विपी) ले संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ ।

काँग्रेस (वीपी) काठमाडौं क्षेत्र नं. ९ ले आज कुलेश्वर आवास क्षेत्रको खानेपानी कार्यालय नजिक उक्त कार्यक्रम राखेकाे हाे  । विभिन्न जिल्लामा घर भई हाल सोही क्षेत्रभित्र बसोबास गर्ने २४ जनालाई पार्टी सदस्यता दिई पार्टी प्रवेश गराएको बताइएकाे छ ।

कार्यक्रममा पूर्वपर्यटन मन्त्री सुशीलमान शेरचन, नेपाली काँग्रेस (वीपी) का केन्द्रीय सदस्य कुशल श्रेष्ठ, तरुण दलका केन्द्रीय अध्यक्ष प्रधुन्न कार्कीलगायतको उपस्थिति रहेको थियाे ।

 

टिप्पणीहरू