स्याललाई हानेको गोली छोरालाई लाग्दा ठाउँको ठाउँ ठहरै

स्याललाई हानेको गोली छोरालाई लाग्दा ठाउँको ठाउँ ठहरै

पाल्पामा बाबुले हानेको गोली लागेर छोराको मृत्यु भएको छ । रिब्दिकोट गाउँपालिका-६ स्थित तल्लो तालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले जंगली स्याललाई बन्दुक हान्ने क्रममा आफ्नै छोरालाई गोली लाग्दा मृत्यु भएको हो ।

घर नजिकै रहेको मकैबारीमा आएको स्याललाई हानेको भरुवा बन्दुकको गोली लागेर उनका छोरा ३९ वर्षीय धन बहादुर लम्तरीको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले १ थान बन्दुकसहित कर्णबहादुरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

टिप्पणीहरू