कथा कमाण्डरहरूका

प्रधानसेनापतिबाट अवकाशपछि ज्यादै गरिबीमा जीवन बित्यो गुणसमशेरको । कात्रो किन्ने पैसाको जोहोसम्म नगरेका उनको शव ढाक्न सेनाका जवानले खल्तीबाट खर्च गरेका थिए । ज्वाइँ कर्नेल किसेन्द्र शाही जालसाजी गरी पक्राउबाट बच्न अमेरिका पलायन भएपछि उनले नपाउनु दुःख पाएका हुन् । शाही तिनै पाइलट हुन्, जसले पूर्वप्रधानमन्त्री तथा एमाले नेता मनमोहन अधिकारीलाई बर्दियामा हेलिकोप्टर दुर्घटनाबाट बचाएका थिए ।

क्याडेटमा तालिम गर्न नसकेर तारको बार नाघी बाहिर गएपछि आफन्तले पुनः खरिपाटीमा बुझाएर तालिम सकेका नरेश सुब्बा पनि सहायक रथी हुँदै छन् । सुब्बा हाल अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अन्य देशका सेनालाई पछि पार्दै कंगोमा शान्ति सेनाको पी ५ लेबलमा मासिक २० हजार डलर खाने भाग्यमानी बनेका छन् ।

वरिष्ठ अधिकृतको छवि भएका कारण प्रमोसन हुने बेला घर जान बाध्य पारिएका अशोकनरसिंह राणा छोरीले बच्चा पाएपछि तेल मालिस भिसामा श्रीमतीसहित अस्ट्रेलिया पुगेर नातिको हेरचाह गर्दै छन् । नेपाल हुँदा सेयरको खेलाडी हुने प्रयाससमेत गरेका अशोक विगत सम्झेर पछुतो मान्दै बस्ने गरेको बताइन्छ । उता, मध्यपृतना हेटौंडाका प्रमुख सेनानीले अशोक खाँण एभोकाडो होटलमा लगेर क्याप्टेनसहितका महिला सैन्यमाथि यौनलीला मच्चाएका छन् ।

टिप्पणीहरू