एमसीसीविरुद्ध जागेका २० समूह

एमसीसीविरुद्ध जागेका २० समूह

नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै विभिन्न राजनीतिक दल, नागरिक समाज, संघसंस्था संयुक्त तथा एक्लाएक्लै आन्दोलनमा छन् । एमसीसी नेपालको राष्ट्रिय हितविरुद्ध रहेकाले सम्झौता खारेज हुनुपर्ने भन्दै सत्तारुढ दलकै कतिपय नेतासमेत अप्रत्यक्ष रुपमा आन्दोलनमा छन् ।

विभिन्न राजनीतिक दल, संघसंस्था, नागरिक समाजलगायत २० वटा दल र समूहले एमसीसी विरुद्ध घोषित आन्दोलन गरिरहेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, एससीसी खारेज अभियान, अभियान्ता ज्ञानेन्द्र शाही, पुष्पलाल अध्ययन समाज,राष्ट्रिय पुनर्जागरण अभियान, नेकपा संयुक्त, सर्वहारा नेकपा माओवादी पार्टी, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी– माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा आन्दोलन गरिरहेका छन् ।

त्यस्तै, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय जागरण परिषद्, सार्थक अभियान नेपाल, मातृभुमी संरक्षण नेपाल, शाही युवा शक्ति नेपाल पनि एमसीसी विरुद्ध संघर्षमा छन् । त्यसैगरी एमाले नेता भिम रावल, माओवादी केन्द्रका नेताद्वय देव गुरुङ र लिलामणी पोखरेल र गोपाल किराँती पनि यथास्थितिमा एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने अडानमा छन् ।

टिप्पणीहरू