मृगौलाका बिरामीहरुको थापागाउँमा भेला

कोरोना कहरले उपचारमा समस्या भएपछि मिर्गौलाका बिरामीहरु सरकारलाई घच्घच्याउन एकै ठाउँमा भेला भएका छन् । राष्ट्रिय मिर्गौला पीडित संघको अगुवाइमा आज बानेश्वरको थापागाउँमा उनीहरुले भेलाको आयोजना गरेका हुन् ।
मिर्गौला पीडितको माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्ने उद्धेश्यले भेला आयोजना गरिएको आयोजकले बताएको छ । भेलामा सहभागी मृगौला पीडितहरुले डायलसिस खर्च मँहगो भएको, कोभिडको प्रकरण देखाएर डायलसिस केन्द्रहरुले सहुलियत नदिएको, ल्याब परीक्षण शु:ल्कले आर्थिक भार थपिएको जस्ता जुनासो गरेका थिए ।
भेल्लामा उपस्थित मृगौलाका बिरामी रामबहादुर बोहराले पैसा तिरेर पनि राम्रो सेवा सुविधा नपाएको दुखेसो पोखेका छन् । मिर्गौला पीडितको सहज र सरल उपचारको माग गर्न तथा आर्थिक भार घटाउन भेला गरेको उनको भनाइ छ ।
टिप्पणीहरू