ओली दक्षिणपन्थी कित्तामा पुगेकाले एकता टुट्यो, काँग्रेससँग चुनावसम्मै गठवन्धन (प्रतिवेदनको पूर्णपाठ)

ओली दक्षिणपन्थी कित्तामा पुगेकाले एकता टुट्यो, काँग्रेससँग चुनावसम्मै गठवन्धन (प्रतिवेदनको पूर्णपाठ)

नेकपा (माओवादी केन्द्र)ले आगामी चुनावससम्मै सत्ता साझेदार दलहरुबीचको गठवन्धन कायम राख्न प्रस्ताव गरेको छ । आजदेखि शुरु भएको माओवादीको केन्द्रीय कमिटी वैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो प्रस्ताव राख्नुभएको हो ।

वैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा वर्तमान राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न आगामी निर्वाचनसम्म गठवन्धन कायम राख्ने प्रस्ताव गरिएको छ । प्रतिवेदनमा केपी ओलीको प्रतिगमनका विरुद्ध संघर्षकै क्रममा वाम-लोकतान्त्रिक गठबन्धन निर्माण भएको पनि उल्लेख गरिएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्दै प्रतिगमन गर्ने ओली प्रवृत्तिलाई गठबन्धनले पराजित गरेको प्रचण्डको ठहर छ । राजनीतिक परिवर्तनलाई नरुचाउने शक्तिहरू गठवन्धनलाई कमजोर पार्न र भत्काउन लागि परेको प्रतिवेदनमा भनिएको छ ।

गठबन्धनको औचित्यबारे विश्लेषण गर्दै प्रतिवेदनमा कम्तिमा आगामी निर्वाचनसम्म त्यसलाई कायम राख्ने पार्टीको नीति हुने उल्लेख छ ।

प्रचण्डको प्रतिवेदनमा इमान्दार कम्युनिस्टहरुलाई एकतावद्ध गर्दै क्रान्तिकारी कम्युनिष्ट केन्द्र निर्माणमा समेत जोड दिइएको छ । ‘अहिलेको सन्दर्भमा अझ स्पष्ट र मजबुत बैचारिक धरातलमा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने दायित्वलाई हाम्रो पार्टीले दृढतापूर्वक आत्मसात गर्दछ’, प्रतिवेदनमा भनिएको छ ।

एमालेसँगको एकता गर्ने निर्णय सही भएपनि केपी ओलीको दम्भ र अहंकारका कारण सफल नभएको प्रचण्डको विश्लेषण छ ।

‘हाम्रो पार्टीले एमालेसँग चुनावी तालमेल हुँदै पार्टी एक्तासम्मको प्रस्ताव राख्यो । आमनिर्वाचनमा अभूतपूर्व जनसमर्थनसहित हाम्रो प्रस्ताव जनसमुदायबाट अनुमोदन पनि भयो २०७५ जेठ ३ गते पार्टी एकता भई नेकपा बन्यो’, प्रतिवेदनमा भनिएको छ, ‘तर पार्टीका तत्कालीन अर्का अध्यक्ष केपी ओलीको पार्टी एकताको उद्धेश्य भने आफू प्रधानमन्त्रीको कुर्सीमा पुग्ने र निरङ्कुश बन्ने मात्र रहेको भन्ने प्रष्ट हुँदै गयो। उनले पार्टी एकताको सैद्धान्तिक, राजनैतिक र वैधानिकताको मूल मर्ममाथि निरन्तर प्रहर गर्ने काम गरे । पार्टीलाई पूरै दक्षिणपन्थी कित्तामा उभ्याउने, सरकारलाई आफूनिकट व्यक्ति पोस्ने र दलाल नोकरशाही पूँजीवादलाई हुर्काउने साधनको रुपमा दुरुपयोग गर्ने प्राप्त राजनैतिक उपलब्धि संघीयता, संविधान र गणतन्त्रमाथि नै आक्रमण गर्ने काम गरे ।’

[pdf-embedder url=”https://fra1.digitaloceanspaces.com/appharuspace/janaaastha/uploads/2021/08/file-1.pdf” title=”file”]

 

टिप्पणीहरू