मोबाइल केसले बर्दघाटमा इन्स्पेक्टर मारिएको आशंका

मोबाइल केसले बर्दघाटमा इन्स्पेक्टर मारिएको आशंका

नवलपरासीको बर्दघाटमा अघिल्लो साता एक जना इन्स्पेक्टर बिहान मर्निङ वाकमा हिँड्दा मोटरसाईकलमा ठोक्किएर मारिए । उनी मारिएपछि धेरैले धेरैथरी आशंका गरे । तर, केहीले भने उनको निधनमा मोबाइलको घटनालाई जोडेर हेरेका छन् ।

केही दिनअघि बर्दघाटमा भन्सार छलेको ८४ लाखको मोबाइल पक्रिएको थियो । डिएसपीले पक्राउ गरेको भनिएको उक्त मोवाइल इन्सपेक्टरले छाडेको भनियो । त्यहि विषयलाई एसपीले र डीआईजी समेतले इन्सपेक्टरको सातो खान थालेपछि उनी तनावमा थिए भनिन्छ ।

इन्सपेक्टरलाई नजिकबाट चिनेका एक जना प्रहरीले भनेका छन्, ‘ठूला हाकिमहरुले किन माेवाइल छाडिस् भनेर झाँको खानुभएको थियो । कहिले एसपीले र कहिले डीआईजीले उहाँलाई ठिक पार्ने भनेपछि तनावमा हुनुुहुन्थ्यो । तनावमा मर्निङ वाकमा जाँदा दुर्घटना भयो ।’

त्यसअघि इन्द्र श्रेष्ठ र अर्जुन ढकाल भन्ने व्यक्तिले भन्सार छलेको ८४ लाखको मोवाइल लिएर आएका थिए । भारतबाट अवैध रुपमा भित्र्याइएको कमसल गुणस्तरको विभिन्न कम्पनीको उक्त मोवाइल लिएर आउँदा उनीहरु दाउन्नेमा समातिएका थिए । ति मोवाइल अहिले भन्सारमा बुझाइएको छ ।

कानूनी प्रक्रिया अघि बढाउने क्रममा परासीका सरकारी वकिलले मोवाइल बोकेको गाडीसमेत सिल गर्ने र श्रेष्ठ र ढकाललाई समेत हदैसम्मको कारबाही प्रक्रिया अघि बढाउने भन्दै धम्क्याएपछि घटनाले अर्कै रुप लिएको बताइन्छ । इन्सपेक्टरको निधनपछि अहिले बर्दघाटका डिएसपीले उक्त मोवाइल पक्रेको भन्न थालिएको छ ।

टिप्पणीहरू