झण्डै कुटेनन् मन्त्रीले

अब त यस्तो लाग्न थाल्यो कि मर्यादाक्रमको झगडा हेर्दा उपप्रधानमन्त्रीको समेत यो देशमा कुनै इज्जत छैन । यस्तोमा राज्यमन्त्रीलाई महŒव दिने, गन्तीमा राख्ने काम कसले गर्ला ? यस्तै भएको छ, पर्यटन मन्त्रालयमा ।

कांग्रेसबाट खोसेर राप्रपालाई जिम्मा दिइएको उक्त मन्त्रालयमा कर्मचारीले एउटै पार्टीका दुई भाइ मन्त्रीलाई लडाउँदा रुवाबासी छ । गत साता नेपाल वायुसेवा निगमले वाइडबडीका २ वटा नयाँ जहाज किन्ने निर्णय ग¥यो । त्यसनिम्ति रकम छैन । कर्मचारी सञ्चयकोषबाट ऋण लिएर पैसा तिर्ने निर्णय भयो । तर, पैसा लिन जमानी बस्नुप¥यो पर्यटन मन्त्रालयले । यही विषयमा हो, लफडा परेको । कर्मचारीले यससम्बन्धी प्रस्ताव राज्यमन्त्री पर्शुराम तामाङसमक्ष पेश गरे । उनले भने, ‘यति ठूलो पैसाको कुरा छ, मन्त्रीज्यूसँग पनि सल्लाह गरौं न । उहाँ अहिले बिरामी भई अस्पतालको उपचार सकेर क्वार्टरमै आराम गरिरहनुभएको छ । मन्त्रीज्यू आएपछि तीन भाइ बसेर यसको टुंगो लगाउँला ।’ तर सचिव शंकर अधिकारीलाई भने त्यही भनाइ वरदान सावित भयो ।

उनले मन्त्रीलाई निवासमै भेटिवरी, सिधै टिप्पणी सदर गरी पठाइदिए । मास्टर्स डिग्री हासिल गरेका सोझा जनजाति तामाङलाई रिस उठ्ने नै भयो । त्यसैले उनले, ‘मलाई बाइपास गर्ने, हामी मन्त्री–मन्त्रीबीच झगडा पार्ने ? कुटिदिऊँ ?’ भन्दै अधिकारीको सातो टिपेको बताइन्छ । यससम्बन्धमा सचिवलाई सोद्धा ऋण लिने क्रममा जमानी बस्नेबारे मन्त्रीबीच छलफल चलेको स्विकारे ।

टिप्पणीहरू