माओवादीले नेताहरुको कार्यविभाजन गर्ने, यस्ता छन् बैठकका एजेण्डा
प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार १२:१७

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक शुरु भएको छ । वैठक बत्तीसपुतलीस्थित अनुमप क्याफेमा भर्खर शुरु भएको हो ।
वैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा सांगठनिक पेश गरेपछि सदस्यहरुले त्यसमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ । त्यस्तै, केन्द्रीय सदस्यहरुलाई संशोधित विधानको मस्यौदा अध्ययन गर्न दिइनेछ ।
दुई दिनसम्म चल्ने बैठकले नेताहरुको कार्यविभाजन गर्ने पनि बताइएको छ ।
बैठकमा चार वटा एजेण्डामाथि छलफल हुने स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक तथा साङ्गठानिक प्रतिवेदन, संशोधित विधान अध्ययन, समसामयिक जनीतिक अवस्था र नेताहरुको कार्यविभाजनबारे वैठकमा छलफल हुनेछ ।