ब्राउन सुगर र अफिमसहित तीन पक्राउ

ब्राउन सुगर र अफिमसहित तीन पक्राउ

मोरङ र संखुवासभाका तीन जनालाइ लागू औषध ब्राउनसुगर र अफिमसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ बर्षीय खेम मगर र झापा मेचीनगर ३ का ३९ बर्षीय लोकबन्धु दर्नाल रहेका छन् ।

दुवैलाई प्रहरीले मोरङ बेलबारीको छट्टा छुट्टै स्थानबाट पक्राउ गरेको हो । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले बेलबारी नगरपालिका १० स्थित लक्ष्मीमार्गबाट मगरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ६७ मिलिग्राम सहित पक्राउ गरेको थियो ।

उनकै वयानको आधारमा दर्नालाई बेलबारी नगरपालिका ३ पशुहटियाबाट लागूऔषध ब्राउन सगुर ९ ग्राम ९३ मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

त्यसैगरी संखुवासभा खाँदवारी नगरपालिका -७ का ६९ बर्षीय जय चापागाईलाई लागूऔषध अफिम सहित प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो १२ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चापागाईलाई घरैबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको घरबाट लुकाई छिपाई राखेको लागूऔषध अफिम २०४ ग्राम फेला पारेको छ । पक्राउ परेका चापागाईविरुद्ध थप अनुसन्धान भईरहेको छ ।

टिप्पणीहरू