विष्णुमतीको मुहानमै सरसफाई

विष्णुमतीको मुहानमै सरसफाई

विष्णुमती नदीको सरसफाई अभियानअन्तर्गत आज मुहानमै सरसफाई थालिएको छ । ३ सय ६४ औं हप्ता अन्तर्गत आज बिहान टोखामा सरसफाई गर्न थालिएको छ ।

विष्णुमती सरसफाई अभियानले विष्णुमती करिडोरमा रोपिएका बिरुवाको गोडमेल र सरसफाई कार्यक्रम राखेको जनाएको छ । आज बिहान ७ बजेदेखि टोखाको शिवमन्दिर घले पुलमा उक्त अभियान सञ्चालन गरिएको हो ।

काठमाडौं उपत्यकाका महत्वपूर्ण नदीहरुमध्ये सबैभन्दा पहिले बागमतीको सरसफाई थालिएको थियो । पछिल्लो दिनमा विष्णुमती नदीको समेत सरसफाई अभियान शुरु गरिएको हो ।

टिप्पणीहरू