भक्तपुरको पुल हाउसमा जुवाको खाल

भक्तपुरको पुल हाउसमा जुवाको खाल

भक्तपुरमा पुल हाउसमा जुवा खेल्नेहरुलाई प्रहरीले पक्रेको छ । भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेलस्थित सुजित देउलाले सञ्चालन गरेको एनएस स्नुकर्स पुल हाउसभित्र जुवा खेलिरहेका १० जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पुल हाउस सञ्चालक भक्तपुर वडा नं. ७ भेलुखेल बस्ने २९ वर्षीय सुजित देउला, सरज देउला, उत्तम देउला, सुनिल देउला, ५६ वर्षीय पूर्ण भगत, ४८ वर्षीय शंकर पोडे, ४१ वर्षीय वासुलाल पोडे, २५ वर्षीय विक्रम अवाल, सूर्यविनायक नगरपालिका वडा नं. ६ सूर्यविनायक बस्ने २४ वर्षीय धिरेन कुरुन्जु, काभ्रे बेथान चोक गाउपलिका वडा नं. ५ कामीडाँडा घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं. ८ आदर्श बस्ने २९ वर्षीय दिनेश लामा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरिक्षक वासु खरेलको कमाण्डमा प्रहरी टोली खटि पुल हाउसभित्र खानतलासी गर्दा उनीहरुको साथबाट १ लाख ८९ हजार ८ सय ५० रुपैया, ५२ पत्ती तास, पुलको बल १६ थान, स्टिक थान १, पुल चक थान १ र पुलको बल मिलाउने काठको त्रिभुज आकारको फ्रेम थान १ बरामद गरेको हो ।

उनीहरुलाई जुवा सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन भक्तपुरमा पेश गरी ७ दिन म्याद गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू