सुन्दैखेरि आङ सिरिङ्ग

लफडा पनि के–के आउँछन् सुन्दै उदेकलाग्दो ! प्रधानन्यायाधीश निवास बालुवाटारमा ‘श्रीमान्’ को भदैनीलाई अदालतकै अफिसरले सतायो भनेर हल्लिखल्ली चल्यो । एउटा सबभन्दा विश्वासिलो कर्मचारी, अर्की आफ्नै भाइकी छोरी ! रोज्ने कसलाई ?

प्रधानन्यायाधीश सुशीलाका विश्वासिला अधिकृत हुन् आदर्श श्रेष्ठ । सर्वोच्चमा दैनिक पेशी चढ्ने सूची (कज लिष्ट) तयार पार्छन्, बालुवाटारमै बसेर । नासु थिए, सुशीलाले अधिकृतमा बढुवा गराएकी हुन् । पूरै ड्युटी हुन्छ, बालुवाटारमै । पहिला–पहिला गोलाप्रथामा कज लिष्ट तयार पारिन्थ्यो । तर, कतिपय मुद्दा ‘बिग्रने’ कारण गोप्य रुपमा प्रधानन्यायाधीशकै निवासमा आदर्शले सूची बनाउन थालेका हुन् । आजकल कतिपय बिचौलियाले सार्वजनिक हुनुअघि नै कज लिष्ट पत्ता लागाउनुको कारण शायद यस्तै केही हुनुपर्छ । अब कुरा आयो भदैनीको । घरमा राखिने सहयोगीहरु विश्वासिलो हुनु जरुरी मानिने नै भयो । त्यसैले सुशीलाले प्रधानन्यायाधीश हुनासाथ विराटनगरबाट भदैनीलाई बोलाएर घरमा सहयोगी (पिए) को भूमिकामा राखेकी थिइन् । उनलाई बोलाइने नाम हो मीनु । आदर्श त बिहान गएर बेलुकी फर्किन्थे, तर मीनुचाहिँ २४ सै घण्टा त्यहाँ बस्ने । कार्यालय समयअगावै सुशीला निवासबाट निस्कने र साँझ मात्र फर्किने नै भइन् ।

तर, बीचको समयमा कुरा अलिक गडबड हुन थालेछ । त्यस्तो कुरा सुशीलाको कानमा प¥यो । अरुले सुन्दा पनि नराम्रो लाग्ने यस्तो कुरा धेरै नचर्कियोस् भनेर मीनुलाई आफू नभएको बेला बालुवाटारमा छोड्न चाहिनन् । सँगै लिएर हिँड्न थालिन् । अहिले सर्वोच्च अदालतमा स्वकीय सचिवको भूमिकामा छिन् । अहिलेसम्मको प्रचलनअनुसार, सर्वोच्च अदालतमा कर्मचारीबाहेकका व्यक्तिलाई स्वकीय सचिवमात्र हैन, कुनै पनि जिम्मेवारी दिएर राख्ने गरिएको छैन । सर्वोच्चका अधिकारीहरुले बरु आदर्शलाई सर्वोच्चमा राखेर मीनुलाई बालुवाटारतिरै बस्न भनेको भए सुहाउँथ्यो । तर, सुशीला श्रीमान्को मन, बुझोस् कसले !

टिप्पणीहरू