नातीलाई गोली हान्ने बाजे पक्राउ

नातीलाई गोली हान्ने बाजे पक्राउ

बाँदर ताक्दा बाजेले आफ्नै नातीलाइ भरुवा बन्दुकले घाइते बनाएपछि हजुरबाबु फन्दामा परेका छन । पक्राउ परेका बाजे सुनसरी बराहक्षेत्र नगरपालिका १ का ६३ बर्षीय बरम बहादुर राई हुन ।

उनलाई एक थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गत २६ गते बाली विमाख गर्न आएको बाँदरलाई गोली हान्दा झुक्किएर आफ्नै नाती १३ बर्षीय अभिषेक राईलाई छर्राले लागेर घाईते भएका थिए ।

घाइते राईलाइ उपचारको लागि घोपा धरान लगेपछि घटना बाहिर आएको थियो । छर्राले लागेर घाइते भएको सूचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गर्दा राईलाई हिजो विराटनगरबाट पक्राउ गरेको हो ।

उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू