कलम समाउने गुरुहरुको कठालो समाइयो

कलम समाउने गुरुहरुको कठालो समाइयो

नेपाल शिक्षक महासंघले आज आयोजना गरेको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षप गरेको छ । आज बिहान विभिन्न मागसहित प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन गएका शिक्षकहरुलाई प्रहरीले हस्तक्षप गरेर नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएपछि पुलिस क्लब, प्रदर्शनमीमार्ग लगेको हो । महासंघ अध्यक्ष पूर्णप्रसाद दवाडीको नेतृत्वमा भएको कार्यक्रममा सरकारले शिक्षक तथा कर्मचारीहरूलाई कोभिड–१९ को खोपको व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै शिक्षकहरु टंगाल माध्यमिक विद्यालयमा भेला भएका थिए ।

प्रहरीको हस्तक्षेपछि उनीहरुले प्रहरी दमन मुर्दावाद, प्रहरी हस्तक्षेप मुर्दावाद, शिक्षक एकता अमर रहोस जस्ता नाराहरु लगाएका थिए ।

कार्यक्रममा सहभागी हुन राजधानी आएका शिक्षकहरु प्रहरी हस्तक्षेपपछि तितरबितर भएका थिए । उनीहरु केही छिन अघि काठमाडौं बाहिरका लागि प्रस्थान गरेको आयोजकहरुले बताएका छन् ।

टिप्पणीहरू