एमालेले मध्यपुरमा आज महिला भेला गर्ने
प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १४:१५

अखिल नेपाल महिला संघ मध्यपुर थिमी ५, वडा कमिटीले मध्यपुर नगरस्तरीय महिला भेला कार्यक्रमको आयोजना गरेको छ ।
महिला संघको भक्तपुर जिल्ला कमिटीको समन्वयमा बोलाइएको महिला भेला थिमीस्थित एसएस कलेज चोकमा साँझ ५ बजे डाकिएको हो ।
कार्यक्रम भक्तपुरका सांसद तथा एमाले नेता महेश बस्नेतको प्रमुख आतिथ्यमा हुने बताइएको छ ।