दक्षिण कोरिया जान हस्ताक्षर सुरु
प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १४:०१

दक्षिण कोरिया सरकारले ईपीएस कामदारका लागि लिएको परीक्षा सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरे पनि उड्न नपाएकाहरुले सरकारलाई दबाब दिन हस्ताक्षर संकलन थालेका छन् । आज काठमाडौं र ललितपुरमा हस्ताक्षर संकलन गरिएको हो ।
ईपीएस संघर्ष समितिको आयोजनामा आज काठमाडौं र ललितपुरको ईपिएस कार्यालयमा हस्ताक्षर संकलन गरिएको बताइएको छ ।
ईपीएस परीक्षा सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरे पनि विभिन्न कारणबाट दक्षिण कोरिया उड्न नपाएकाहरुले हस्ताक्षर गरेको आयोजकले जानकारी गराएका छन् ।
उनीहरुले आफूहरु दक्षिण कोरियाली सरकारका सबै सर्त मान्न तयार रहेकाले जतिसक्दो छिटो उड्नको लागि बातावरण बनाइदिन दबाब दिने उद्देश्यले हस्ताक्षर संकलन थालेको बताएका छन् ।