वीरगञ्जको होटलमा पेस्तोल किनबेच
प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १३:००

वीरगंज महानगरपालिका १५ ब्रह्मचोकबाट १ थान पेस्तोलसहित तीन जना समातिएका छन् । उनीहरुलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरगञ्जकै ३५ वर्षीय अनिल साह, धरान उपमहानगरपालिका १५ का ३२ वर्षीय रवि पौडेल र पर्सा पकाहामैनपुर गाउँपालिकाका ४० वर्षीय विजयकुमार पटेल रहेका छन् ।
उनीहरुले स्थानीय एउटा होटलमा हतियार बेचबिखन गर्न लागेको खबर पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुको शरीर तलासी गर्दा उक्त पेस्तोल फेला परेको हो ।
उनीहरुमाथि हातहतियार सम्बन्धी कसूरमा अनुसन्धानअघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।