कर्णेल्नी सा’बको करामत

नेपाल राज्यभित्र एक इञ्च घरको त के कुरा, सानो टुक्रा जमीन पनि नभएकी, भोटेबहालतिर सानो होटलको काउन्टरमा काम गर्ने सोझो पश्चिमेली सिंहजीकी छोरीले वीरगञ्जका साहेबज्यूको लाटो छोरो फेला पारिन्, नेपाली सेनाका अफिसर । 

खरिपाटीमा प्रह्लाद थापा करसा’बले डान्स पार्टीमा लिएर जाँदा पार्टनर पाएकी सोनी कर्णेल्नी सा’बका चर्तिकला वयान गरेर नसकिने छन् । पति मेजर हुँदैदेखि ‘मेरो राजा चिफ हुन्छ, अनि मैले जानेकी छु’ भन्दै हिँड्नेदेखि बर्दबहादुर गण कमाण्ड गर्दा ‘गौरवसमशेर मेरो नातेदार हो, कसले गर्न सक्छ ?’ भन्दै चरिकोटबाट  सिपाहीको रासन काठमाडौं ओसारी बिक्री गर्नुको साथै ससुरालीमा ओसार्ने कामसमेत भयो । ‘जवानको राशनको बिस्कुट मेरो कुकुरले नि खाँदैन’ भन्दै हिँडेको कुरा बर्दबहादुरका जवानले अझै बिर्सिएका छैनन् । भूकम्पमा आएको राहतको सामान रातारात पिकअप गाडीमा ओसारेको पापले खुमलटारमा किनेको फ्ल्याट भूकम्पमा चिराचिरा पारिदियो । त्यस्तो भएपछि सोनीलाई बेहोस भएर अस्पताल लैजानुपरेको थियो ।

राहतको सामान बेच्नेलाई कारवाही हुने हल्ला थियो । तर, सोनीका श्रीमान्ले उल्टै तक्मा पाए । वीरगञ्जमा सम्झना होटल चलाएर बसेका सासू–ससुरालाई सोनीले दिएको दुःख उस्तै दर्दनाक छ । श्रीमान्ले लिइसकेको अंश फेरि चाहियो भन्दै तीन महिनादेखि वीरगञ्जमै धर्ना कसेर बसेकी छन् । 

– साडी धुन बाध्य सिपाहीहरू

टिप्पणीहरू