​लोग्नेविरुद्ध लफडा

एक इरानी महिलाले राति सुत्दा बेडरूमको बत्ती निभाएकै झोंकमा लोग्नेविरुद्ध मुद्दा दायर गरेकी छन् । सिरिन महरूसले अदालतमा पेश गरेको निवेदनमा उल्लेख गरेकी छन्, ‘जाबो बत्ती निभाउने कुरोमा त हामीबीच मतैक्य छैन भने अरू के ?

हामीबीच सबै कुरामा मतभित्रता छ, खान–लाउन सबैमा । बिहे हुनुअघि मैले यस्तो हुन्छ भनेर सोचेको पनि थिइनँ । बिहेपछिको यो १२ महिनामा मैले धेरै सहें, मिल्न कोसिस गरें तर सकिनँ, त्यसैले छुट्टिन पाऊँ ।’ उनले भनिन्, ‘तर मेरो लोग्ने मुनिर अहमद यो कुरो मात्र तयार छैनन् । सबै दम्पतीको हालत यस्तै हुन्छ भन्छन् ।

जोडी इश्वरले बनाइदिने हो, यसमा हामी खुशी हुनुपर्छ भन्छन् तर म माया गर्ने लोग्ने चाहन्छु, उनीजस्तो हैन ।’ मुनिरको दाबी छ,¬ ‘मेरी पत्नी पागल हुन्, उनलाई मैले पनि धेरै सहें तर बेडरूमको बत्ती बाल्ने नबाल्ने मुद्दामै म अलग्गिन सक्दिनँ ।’ मुद्दा अदालतमा बिचाराधीन छ ।

टिप्पणीहरू