काँग्रेस बैठकको निश्कर्ष ‘मच्चियो, मच्चियो थच्चियो’

काँग्रेस बैठकको निश्कर्ष ‘मच्चियो, मच्चियो थच्चियो’

महाधिवेशनको मिति नजिकिएको तर त्यसको सुरसार नभएको अवस्थामा बाेलाइएकाे नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सबैले चासोका साथ हेरेका थिए ।

बैठकअघि बुढानीलकण्ठ पुगेर काँग्रेसका केही नेता तथा कार्यकर्ताले तोकिएको मितिमा महाधिवेशन गर्न सभापति देउवालाई दबाब समेत दिएका थिए ।

तर आज बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले के निर्णय गरेको छ त ? काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले आज प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री बन्नु भएकोमा बधाई ज्ञापन गरेको छ ।

त्यसैगरी संविधानको मर्म र जनताको भावनाअनुरुप कार्य गर्न दलहरूबीचको सहमतिका साथ अघि बढ्न नयाँ सरकारलाई सफलता मिलोस् भनेर कार्यसमितिको बैठकले प्रधानमन्त्री देउवालाई हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।

अरु विषयमा छलफल गर्न भन्दै बैठक भोलि बिहान ११ बजे त्यहीँ बस्ने भनिएको छ ।

टिप्पणीहरू