झापादेखि रेड पाण्डाको छाला बेच्न कपिलवस्तु

झापादेखि रेड पाण्डाको छाला बेच्न कपिलवस्तु

रेड पाण्डाको छाला बेच्न झापाबाट कपिलवस्तु पुगेका तीन जना आज प्रहरीको फन्दामा परेका छन् । उनीहरुले दुई थान रेड पाण्डाको छाला बिक्रीको लागि झापादेखि कपिलवस्तुसम्म पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

रेड पाण्डाको छाला बिक्री गर्ने नेटवर्कको आधारमा उनीहरु कपिलवस्तु पुगेको अनुमान गरिएको छ । कपिलवस्तु प्रहरीले तीन जनालाई पक्रेर आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया शुरु गरेको बताइएको छ ।

टिप्पणीहरू