जबर्जस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष शुक्ल प्रहरी नियन्त्रणमा

जबर्जस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष शुक्ल प्रहरी नियन्त्रणमा

-ऋषि भट्टराई

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर १ पकडिहवाका एक महिलामाथि जबर्जस्ती करणी आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

वडा नम्बर ६ असुरैनामा रहेको गाउँपालिका अध्यक्षको घरमा बोलाएर महिलालाई जबर्जस्ती करणी गरेको भन्दै पीडित पक्षले बिहीबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दर्ता गरेका थिए । गाउँपालिका अध्यक्ष शुक्ललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

साउन २४ गते बिहान ११ बजे अध्यक्ष शुक्लले आफ्नै घरमा बोलाएर चोरी सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका पीडितका श्रीमानलाई छुटाइदिन्छु भन्दै ललाईफकाई गरी जबर्जस्ती करणी गरेको आरोप छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गाउँपालिका अध्यक्ष शुक्लविरुद्ध जबर्जस्ती करणी उद्योगअन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भई प्रहरीले आरोपितलाइ पक्राउ गरी उनीमाथि अनुसन्धान सुरु गरिएको पुष्टि गर्नु भएको छ ।

टिप्पणीहरू