​जब शहर मध्यराति उठ्यो जुरुक्क

टर्कीको शहर कास्तामोनुका बासिन्दा राति १ बजे अचानक बिउँझे । शहरमा जताततै राखिएको लाउडस्पिकरबाट अश्लिल स्वर गुञ्जिरहेको थियो । नमाज बज्ने लाउडस्पिकरबाट मैथुनरत जोडीको आवाज आएपछि सबैले आ–आफ्नो मोबाइलमा रेकर्ड गरे र सामाजिक सञ्जालमा हालिदिए ।

उक्त आवाज भाइरल बनेपछि बल्ल प्रशासन सक्रिय बन्यो । शहरका मेयरले छानबिन गर्ने घोषणा गरे । सरकारी कर्मचारीले कार्यालयमा बसेर अश्लिल फिल्म हेर्ने गरेको र हेर्दा रेडियो ‘अफ’ गर्न बिर्सेको जनताको बुझाइ छ ।

टिप्पणीहरू