प्रमाण पुगेन बलात्कारको

इटलीका जनता एक जना न्यायाधीशको तर्क सुनेर छक्क परे, जब न्यायाधीशले बलात्कृत महिलासित सोधे, ‘बलात्कार भइराखेको बेला तिमी किन बेस्सरी  चिच्याएनौ ?’ अनि यसै अधारमा बलात्कारीलाई निर्दोष साबित गरे । टुरिन निवासी ४६ वर्षीय पुरुष अस्पतालकै बेडमा एउटी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए ।

न्यायाधीशको तर्क थियो, ‘बलात्कृत भनिएकी महिलाको वकिलले बलात्कार भएकै हो भत्रे प्रमाण पेश गर्न सकेनन् । महिला पनि पूर्ण होसहवासमै रहेको देखियो, अनि होसमा भएकी महिला कसरी बलात्कृत हुन सक्छिन् ? त्यो पनि अस्पतालको बेडमै ।’ उनले महिला आफैँले चाहेको होला नत्र किन बलात्कारीलाई घचेटेर पठाइनन् त ? भनेर पनि तर्क गरे । 

टिप्पणीहरू