क्युआर कोड नभएकाले टिकट नलिनु : स्वास्थ्य मन्त्रालय

क्युआर कोड नभएकाले टिकट नलिनु : स्वास्थ्य मन्त्रालय

सरकारले कोरोना परीक्षणको प्रमाणपत्रमा क्युआर कोडसहितको प्रमाणपत्र प्राप्त नहुँदासम्म हवाई टिकट नलिन अनुरोध गरेको छ । क्युआर कोडसहितको प्रमाणपत्र अनिवार्य गरिएका मुलुकमा जान लागेका नेपालीहरुका लागि सरकारले यस्तो आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले क्युआर सम्बन्धमा एक सूचना जारी गर्दै टिकट लिनुपूर्व क्युआर कोड निश्चित गर्न भनेको हो । सूचनामा हाल कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुले क्युआर कोडसहितको प्रमाणपत्र जारी नहुँदासम्म थप आवेदन भर्न समेत रोक पनि लगाइएको छ ।

अनलाइन फारम भने खुला रहेको मन्त्रालयको सूचनामा उल्लेख छ । मन्त्रालयले  https:/vaccine.gov.np/public-request from मा गई अनलाइन फर्म भरेर आवेदन दिन सकिने जनाएको छ । त्यस्तै, फारम भरेकाले आफ्नो प्रमाणपत्र तयार भए, नभएको बुझ्न  https:/vaccine.mohp.gov.np/search मा गएर हेर्न र क्युआर कोडसहितको प्रमाणपत्र तयार भए नभएको थाहा पाउन सकिने पनि बताइएको छ ।

सूचनामा क्युआर कोड लिनको लागि स्वास्थ्य सेवा विभाग वा अन्य कतै व्यक्तिगत रुपमा भेट्न आवश्यक नरहेको समेत प्रष्ट पारेको छ ।

टिप्पणीहरू