१ करोड २ लाख डोज खोप प्राप्त हुनै लागेको, दैनिक २ लाख डोज खोप लगाइएको मन्त्रीको दाबी

१ करोड २ लाख डोज खोप प्राप्त हुनै लागेको, दैनिक २ लाख डोज खोप लगाइएको मन्त्रीको दाबी

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने बताउनुभएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको उहाँले जानकारी दिनुभएको छ ।

उहाँले असोज मसान्तसम्ममा १ करोड २ लाख मात्रा प्राप्त हुने र माघ मसान्तसम्ममा अर्को ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने बताउनुभयो ।

त्यस्तै, माघ महिनासम्ममा ५ करोड २३ लाख मात्रा खोप उपलब्ध उहाँको दाबी छ । राज्यमन्त्री श्रेष्ठले नेपाली जनतालाई कुल ५ करोड ५० लाख मात्रा खोप आवश्यक रहेको उल्लेख गर्दै केपी ओली नेतृत्वको सरकारले ९७ लाख मात्रा खोप प्राप्त गरी असार मसान्तसम्ममा ४२ लाख मात्रा खोप नागरिकलाई लगाइएको बताउनुभयो ।

उहाँले नयाँ सरकार आएपछि लगाइएको खोप मात्रा ७५ लाख पुगेको उल्लेख गर्दै भन्नुभयो, ‘वर्तमान सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाख मात्रा खोप लगाइरहेको छ ।’

टिप्पणीहरू