गुठी विधेयकभन्दा एमसीसी धेरै गुणा राष्ट्रघाती’
प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १७:४५

अघिल्लो ओली सरकारले ल्याएको गुठी विधेयकभन्दा अमेरिकी सहयोग परियोजना एमसीसी धेरै गुणा राष्ट्रघाती भन्दै बिरोधमा प्रदर्शन हुने भएको छ ।
एकता नागरिक समाजले उक्त नाराका साथ आगामी आइतबार काठमाडौंमा मोटरसाइकल र्याली निकाल्न लागेको हो ।
मोटरसाइकल र्यालीका लागि साउन ३१ गते आइतबार बिहान ९ बजे ललितपुरको बालकुमारीमा भेला हुन नागरिक समाजले आग्रह गरेको छ ।