​कसरी बन्छन् रातारात करोडपति ?

चामलको भात खानकै लागि काभ्रेबाट चितवनको भण्डारा झरेको थियो उनको परिवार । भण्डाराबाट एक जना गाउँले दाइको पछि लागेर काठमाडौँ छिरेका उनी केही वर्ष ती दाइकै भाँडा माझेर बसे । पछि हकरको काम गरे । अलिअलि पैसा कमाउन थाले । त्यसपछि गाँउबाट बुवा र भाइलाई पनि ल्याएर त्यही पेसा गरे । चितवन र काठमाडौँमा घर बनाए । उनको परिवारै फुटपाथमा पसल थापेर दाम कमाउन थाल्यो ।एउटा प्रकाशककहाँ बजार व्यवस्थापकको जागिर खाँदाखाँदै प्रकाशककै पत्रिकाको नाम नक्कल गरेर बेच्न थाले ।

ती प्रकाशकले पुरानो बसपार्कमै झापु हाने । अहिले उनी करोडौँको मालिक बनेका छन् । उनी हुन् जयकाली प्रकाशन प्रा.लि.का एकप्रसाद सापकोटा । उनको लगानी ट्रिनिटी प्रकाशनमा पनि छ । बालाजुमा भव्य घर बनाएका छन् । घडेरी जोडेका छन् । दुई–दुई श्रीमतीका धनी छन् । थुप्रै लेखकलाई दाम कबोलेर पछाडि नदिने गरेको गुनासो छ,साहित्यिक वृत्तमा । विशेष गरी अश्लील पत्रिका र उपन्यासहरू छापेर प्रकाशन यात्राको शुरुवात गरेका स्व. माइला दाइका यी मानसपुत्रले राजश्व छली गर्न थालेको वर्षौं भइसकेको छ ।

अरुको किताबको हुबहु चोरी गरेर छाप्छन् । तर, कसैको नजर पर्दैन । बर्सेनी ३ करोड बढीको व्यापार गर्ने उनले प्रति वर्ष करचाहिँ वार्षिक १२ हजार पनि तिर्दैनन् । उनको आम्दानीको फाइल नै दुई वटा छन् । एउटा कर छल्ने र अर्को खास आम्दानी भएको । उसो त,यस्तै अर्को डिजाइन कम्पनी छ, बागबजार, पिके क्याम्पसको अगाडि मूल गल्लीमा, स्नेह डिजाइन नामको । त्यहाँ प्रतिमहिना ५ लाखभन्दा बढीको कारोबार हुन्छ । तर, त्यो करमा दर्ता छैन । त्यस कम्पनीले सरकारलाई एक पैसा पनि कर तिर्दैन ।

– सुवाष अर्जेल

टिप्पणीहरू