जङ्गली हात्तीले एकको ज्यान गयो

जङ्गली हात्तीले एकको ज्यान गयो

जङ्गली हात्तीको आक्रमणमा परी गए राती एक जनाले ज्यान गुमाएका छन । जङ्गली हात्तीको आक्रमणमा परेर ज्यान गुमाउने सुनसरी कोशी गाऊपालिका ४ खत्वे टोल का ५५ बर्षीय रामे खङ्ग खत्वे हुन ।

आज बिहान साढे ५ बजे खेती तर्फ जाने क्रममा विपी मेमोरियल प्राथिमक विद्यालय नजिकै खत्वेलाइ ‍हात्तीले आक्रमण गरेको थियो । हात्ती कोशी वन्यजन्तु आरक्षबाट आएको निस्केर आएको गाउँलेहरुले बताएका छन ।

घटनाको जानकारीपछि घटनास्थलतर्फ गएको प्रहरी टोली र स्थानियबासीको सहयोगमा हात्तीलाई जंगल तर्फ लखेटेका छन । शवलाइ आवश्यक कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको छ ।

चट्याङले ८० कुखुरा सखाप

आज विहान मोरङ रतुवामाई नगरपालिका ३ मा वर्षासँगै परेको चट्याङले ८० कुखुरा सखाप भएका छन । चट्याङ राजु ताजपुरियाले संचालन गरेको राजु कुखुरा फर्ममा परेको थियो ।

८० कुखुरा मर्दा ताजपुरियाको अन्दाजी ४० हजार बराबरको क्षति भएको छ । पशु विमा नगरिएकोले गर्दा ताजपुरियाले क्षति खप्न बाध्य हुनु परेको छ ।

टिप्पणीहरू