जसपा अध्यक्ष यादवलाई महिलाहरुको ज्ञापनपत्र

जसपा अध्यक्ष यादवलाई महिलाहरुको ज्ञापनपत्र

समान अधिकारको माग गर्दै महिला अधिकारकर्मीहरुले आज जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई ज्ञापनपत्र बुझाएका छन् । जसपाको केन्द्रीय कार्यालयमा महिला र पुरुषबीच समान अधिकारको माग गर्दै पार्टी अध्यक्ष यादवलाई अधिकारकर्मीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

महिलालाई ३३ तथा पुरुषलाई ६७ प्रतिशत अधिकार दिने संविधानमा व्यवस्था रहेपनि महिला पुरुष बराबरी भन्दै आएको अवस्थालाई दृष्टिगत गर्दै अहिलेको समयमा अधिकार पनि समान बराबर हुनुपर्ने उनीहरुले माग गरेका छन् ।

जसपा पार्टी केन्द्रीय कार्यालयमा महिला अधिकारकर्मी भारती गिरिको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । टोलीमा सहभागी अधिकारकर्मी सरु जिसीलगायतले महिला र पुरुषको अधिकार समान बनाउन माग गरिएको बताउनुभएको छ ।

टिप्पणीहरू