​केही नपाए सुसाइड नोट भए पनि लेख्दा हुन्छ « Jana Aastha News Online
Logo
७ जेष्ठ २०७९, शनिबार
|  Sat May 21 2022
Logo
७ जेष्ठ २०७९, शनिबार
|  Sat May 21 2022

​केही नपाए सुसाइड नोट भए पनि लेख्दा हुन्छ

प्रकाशित मिति :  २५ चैत्र २०७३, शुक्रबार ११:३४


  • संकेत कोइराला

हिटलरका तीन विशिष्ट साथी थिए । जसको सल्लाहमा चल्थे । मसी पनि तीनै रंगको प्रयोग गर्थे । त्यसमध्ये ओएर पिपिर मुख्य सल्लाहकार थिए । जसलाई विशिष्ट गुप्तचरीको काम दिइएको थियो । युद्धताका हिटलरविरुद्ध काम गर्दैछ भनेर बाँकी दुई सल्लाहकारले पिपिरविरुद्ध कान भरे । यद्यपि उनी कामप्रति सबैभन्दा बढी बफादर थिए । धेरै कान भरिएपछि हिटलरले पटक पटक जा“चे । आफूलाई नज“चेको विषयमा पिपर कहिलेकाही“ प्रतिवाद गर्थे । आखिर आज्ञा अवज्ञा गरेको निहु“ देखाएर जेल पठाइए । जेलमा पनि हिटलरले साथीविरुद्ध निगरानी बढाए । तीन महिनाको निगरानीपछि पिपर निर्दोÈ प्रमाण्ँित भए । आफूलाई यो ठाउ“सम्म ल्याउनेमाथि यस्तो व्यवहार गरेकोमा हिटलरलाई पछुतो भयो । तर हिटलरजस्ता लौह पुरुÈका लागि निर्णयबाट पछि हट्नु पनि त्यत्तिकै चुनौतीपूर्ण थियो । कुनै बहानामा हिटलर जेल पुगे । उनी चाहन्थे– उसले माफीको याचना गरोस् । तर पिपिरले त हिटलरले सोच्दै नसोचेको अनौठो माग राखे । ‘जेलभित्रै कुशको छाप्रो, छाप्रो वरपर सानो बगैंचा, बिजुलीको साटो परम्परागत तेलबत्ती र बजारमा खोज्न पठाएर भारतीय कवि कालिदासले लेखेको शाकुन्तल नाटक ।’ पिपिरको मागले उनलाई एकसाथ दुःखी र आश्चर्यचकित तुल्यायो । आश्चर्य यस मानेमा लाग्यो– एउटा भारतीय लेखकको पुस्तकमा के त्यस्तो रहस्य छ, जसको अगाडि मानिस कारागार मुक्ति पनि चाह“दैन । हिटलरले पनि तत्काल त्यो पुस्तक ल्याएर लगनसाथ पढे । आर्यसंस्कृतिको परिचायक यस पुस्तकले मन मुटु छोयो । हिटलरको यही जीवनवृत्त पढेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्य लेखेका थिए ।
तथाकथित क्रान्तिका नाममा बिहे, ब्रतबन्ध, बा–आमाको क्रियाकर्म नगरेका अघिल्लो पुस्ताका कम्युनिष्ट नेताहरु आफ्नो त्यो उत्ताउलो व्यवहारप्रति पछुतो गरिरहेका छन् । बुढेसकालमा उनीहरु न त्यो गल्ती सच्याउने हिम्मत जुटाउन सक्छन्, न ती कर्मको बचाउ गर्ने जाँगर नै देखाउँछन् । बिहे, ब्रतबन्ध, पूजा, श्राद्ध, मरिमराउका विधि मानवीय जीवनका जमिन हुन् । यिनै कर्मले ‘तँ एक्लो छैनस् है’ भन्ने ढाडस मानिसलाई दिन्छ । त्यही उर्जाले उसको शरीरमा सकारात्मक सञ्चार प्राप्त हुन्छ । त्यहीबाट उसले स्वस्थ जीवन बाँच्ने सामथ्र्य राख्छ । हिटलरजस्ता ‘स्पात पुरुष’मा अनपेक्षित परिणामले उनको जीवनले युटर्न ग¥यो भने जनै नलगाएर, बा–आमाको किरिया नबसी बहादुरी देखाउनु भनेको उमेर र संगतकै दोष हो । संस्कार, संस्कृति आईफोनको बाटोमा हिँड्दैन । धर्मलाई अफिम भन्ने उत्ताउलाहरुले हो । वास्तवमा धर्मको जमिनमा राजनीति अडेको हुन्छ । एउटा खल्तीमा मारिया र अर्को खल्तीमा हनुमानको तस्वीर बोक्ने पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अन्तर हेरे प्रष्ट हुन्छ । मोहनचन्द्र अधिकारी, आरके मैनाली बयमा पुगेपछि आखिर श्रीकृष्ण रहेछ एक भन्ने निष्कर्षमा पुग्नु भनेको पेन्टियम वान कम्प्युटरमा अल्झिनु समान हो । समयसंगै आविष्कार र परिस्थितिले पहिलाको पदचाप पहिल्याउन सकिँदैन भन्ने तर्क सघन बन्ला, तर जुनसुकै शास्त्रले विकल्पका हजार बाटा दिएका छन् । दानसंग जोडिएको धर्मको मान्यता हुनेले नहुनेलाई दिने नै हो । एउटाले पाउँछ– सन्तुष्टि, अर्कोले जीविका । भारतका तिरुपति, स्वर्ण मन्दिर सरकारलाई ऋण दिने हैसियतमा पुग्नु पछाडिको रहश्य पनि दानको महत्ता नै हो । दशाको भामरीले छोएपछि दानको पोको खोल्नुभन्दा दानलाई संस्कृति बनाउनुचाहिँ जाति हो । आवरण परिवर्तन हुने हो, प्रकृतिको उपस्थिति कहिल्यै पातलिँदैन । पोलेको मकै दुर्लभ होला रे तर पपकर्नका नाममै भए पनि मकैको महत्व घटेको छ र ? घरमा ढिँडो नपाक्ला रे, फास्टफुड नामका सम्पूर्ण परिकारले पिठोको ठाउँ लाखौं गुना बढी लिएका छन् । पाखा भित्तामा हिँड्नुपर्ने बाध्यकारी त्यो दुःख अहिले साहसिक खेलमा अनुवाद भएका छन् । एउटी आमाले ९ महिना कोखमा राखेर बच्चा जन्माउनु प्रकृति हो । त्यो बच्चीले ९ महिनापछि अर्को बच्चा जन्माउने त हैन रहेछ नि ! लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मवादीहरुको अराजक गतिविधि पनि यस्तै उत्ताउला विश्लेषणतिर सीमित रहे । चुरौटे हैन, कुरौटेबाट देश प्रताडित बन्दै गएको छ । त्यसैको प्रभाव स्थानीय निकायको चुनाव नभइकनै सवै पार्टीले फेसबुकबाटै बहुमत ल्याइसके । फेसबुकका राम्रा कमेन्ट लिएर बिहान बिहान नेताको हाजिरी बजाउन जाने दलालहरु नै टिकट बाँड्ने नाइके हुने पक्का छ । आलोचना सुन्न नचाहनुचाहिँ ठूलो मानिस हुनुको पहिलो शर्त हो भन्ने बुझेका हाम्रा नेताहरुका लागि यो प्रवृत्तिका मानिस ती उपियाँ हुन्, जसको सम्बन्ध रगतसंग मात्र रहन्छ । राजा ज्ञानेन्द्रलाई टीभीमा समाचार कसले पढायो ? नेपाली सेनालाई बलात्कारी भनेर खुल्ला राजनीतिमा डेब्यू गरेका प्रचण्डलाई भैंसी पूजा गर्न कसले पठायो ? आफ्नै पार्टीका चण्डमुन्ड, हुक्के, बैठकेको उक्साहटमा केपी ओली सिनेमाको नाइके हुनुको कुनै तुक छ ? एकमाना भात खान साथी नचाहिने झलनाथ खनालभित्र कुन त्यस्तो भूत सवार भयो कि आपूm जीवित हुँदै आफ्नै नाममा प्रतिष्ठान खोल्न जरुरत देखे ! डडेलधुराको रुवाखोलामा जन्मिएका दुख्याहा बाउका छोरा शेरबहादुरमाथि कमिसन एजेन्ट भएको भुक्तभोगीहरुको आरोप छ । भात, ढिंडोको सत्कारमा स्वर्ग पुगेको देख्नेहरु अहिले घर हुँदा भूजा ज्यूनार, बाहिर बोलावटमा लञ्च, डिनरका पाहुना भएका छन् । साना तर अर्थपूर्ण कर्म गर्नुस् त तपाईंका नाममा थुकी सुकी भेला पारेर कीर्ति खडा अरुले नै गरिदिन्छन् । पृथ्वीनारायण शाहलाई युद्धमा एक रुपियाँ दिएर सघाउने बिसे नगर्ची इतिहासदेखि काव्यका पानामा अमर छन् । गाउँलेले पानी पिउन पाएनन् भनेर चिन्ता गर्ने घाँसी जनजनमा उक्ति बनेर प्रकट भइरहेका छन् । अरुलाई सम्मान गरेपछि त्यो सम्मान दोब्बर भएर आउने हो । जनताको मुक्तिका लागि जीवन सुम्पिएको त्यो क्रेडिट कार्डले अब काम नगर्ने पक्का छ । नातिपुस्ताले त्यो तपाईंको व्यक्तिगत निर्णय भनिदियो भने कुन तर्कले उभ्याउनु हुन्छ ?
पहिला पहिला मानिसहरु सानो उमेरमै नोकरी गर्थे । ३५ वर्षको उमेरमा दर्जन सन्तानको मातापिता, हजुरबा भइवरी ४० वर्षमा त विदा भएर पेन्सन पट्टा श्रीमतीलाई बुझाई परमधाम भइसकेका हुन्थे । तिनका लालाबाला सन्तानलाई अब अभिभावकत्व गुम्यो, दुःखका दिन शुरु भए, अलिनो नमिठो खानुपर्छ, खाली भूइँमा सुत्नुपर्छ भनेर समाजले रिक्रुट गर्नका लागि यी यावत कर्म शुरु भएका हुन् । अहिले जस्तो ७० वर्षको छोराले ९०–१०० वर्षे बाबुको किरिया कर्म गर्न कोरामा बस्ला भनी कल्पना गरेर त्यो थिति चलाइएको पक्कै होइन । 
महाभारत, रामायण, पुराणहरु समयसापेक्ष भाषिक र यान्त्रिक रुपमा रुपान्तरण होलान् तर सन्देशको गुत्थी एउटै हुन्छ । महिलावादीहरुले भगवान श्रीरामले आफ्नी श्रीमतीलाई अग्निकुण्डमा होमेर महिला जातिको शोषण गरेको आरोप लगाउन सक्छन् तर लोकतन्त्रवादीहरुले जनताको गुनासो आएपछि एउटा राजाले आफ्नी श्रीमती पनि नभनी विधिलाई आत्मसात ग¥यो भन्ने अर्थ लगाउलान । फेदबाट हे¥यो भने अंग्रेजी वर्णको ६ अंक एकातिरबाट ६ नै देखिन्छ भने अर्कातिरबाट ९ । यसलाई कताबाट हेरेर विश्लेषण गरिन्छ भन्ने महत्वपूर्ण हो । चिनेको मानिसलाई सरकारको सिन्दुर पहि¥याउने तदर्थवादबाट नेपालको निजामती प्रशासन शुरु भएको हो । पुस्तौनी आफ्नो चाकरीमा बिताएको परिवारका सदस्यलाई पाँच पास गर्नासाथ न्यायाधीश बनाइदिने, गोरु बेचेको साइनो पनि नभएका तर विद्वान दीक्षितलाई मुखियाको काम दिने राणातन्त्र धेरै क्रान्तिकारीहरु सत्तामा आएपछि परिवर्तन भएन । त्यो बेला नियुक्ति पाएकाले त कमसेकम मालिकप्रति अथाह भक्तिभाव, श्रद्धा प्रकट गर्थे । यदि सोचेअनुसार नभएको खण्डमा तिनीहरुलाई पाताल भसाउने सामथ्र्य उनीहरुमा सधैं रहन्थ्यो । अहिले बुई चढाएर माननीय न्यायाधीश बनाइएकाहरुको कर्म हेर्दा गुनले गुन खान्छ, म तँलाई खान्छु को दिशातिर हुत्याइरहेको छ । 
घरमा अन्न हुनेलाई भन्दा नहुनेलाई बढी भोक लाग्छ । पत्याउनुहुन्छ ? निक्कै विलासी भनिएको देश बेलायतका विद्यार्थीहरु सानोभन्दा सानो विषयमा पनि अज्ञानी ठहरिए । भर्खरै गरिएको एक अनुसन्धानअनुसार बेलायतका १० जनामा एकजनालाई गोलभेंडा बोटमा फल्छ भन्ने पत्तै छैन । उनीहरुको बुझाइमा यो माटोमुनि फल्छ । एक तिहाई प्राथमिक विद्यालयका विद्यार्थीहरु भन्छन्– चीज रुखमा फल्छ । १८ प्रतिशत साना विद्यार्थी माछाबाट बनाइने फिस फिंगर कुखुराको मासुबाट बनेको ठान्छन् । के यसो भन्दैमा लोकतन्त्रको जननी बेलायतलाई दुत्कार्न मिल्छ ? अहँ मिल्दैन । भनिन्छ– उपयोग विनाको धन काम छैन । नम्रता विनाको विद्या काम छैन । सहयोग विनाको हात काम छैन । स्वार्थले भरिएको प्रेम काम छैन । होस विनाको जोश काम छैन । पापसंगैको धर्म काम छैन । परोपकारविनाको जीवन काम छैन । योग्यता भएको मानिस कहिलेकाहीँ इमान्दार हुँदैन ।
पानी जतिसुकै तरल भए पनि त्यसको शोभा चट्टानसँगै हुन्छ । जति सत्यलाई जान्यो, जीवन त्यति सुन्दर हुन्छ । लोभीहरुको दुनियाँमा ठग कहिल्यै मर्दैन । तुलसी रोप्ने हातमा क्याक्टस । रिस बारुलाको गोलामा हानिने ढुंगा हो । रुखभन्दा पछि बनेको भन्दैमा पिर्कालाई हेला गर्नु हुँदैन । घोडाअघि बग्गी आएको कसैले देखेको छ ? सत्यको बाटो घुमाउरो हुँदैन । 
एकजना अमेरिकी लेखकले भनेका छन्– लेख, केही न केही लेख । केही पाएनौ भने सुसाइड नोट भए पनि लेख । भनिन्छ, लेख्न कठिन छैन । आफ्नाअगाडि रित्तो पन्ना पैmलाऊ र हृदयलाई तप्किन देऊ, आपैंm लेखिन्छ । राम्रो अनुष्ठान गर्नेहरुका लागि हरेक समय शुभसाइत हो । २४ घण्टाको यही समयले कसैलाई बिल गेट्स बनाएको छ त कसैलाई बिन लादेन । देशमा तेलैतेलको खानी भएर के गर्नु ? हातमुख जोर्न नपाएका सुडानी दुई देशमा विभाजित भएर भूगोल हैन, भोक बाँडेका छन् । यही २४ घण्टाभित्रै बिन लादेन बिदा भएका छन् । उनको मृत्युमा दुःखीभन्दा जयजयकार गर्ने भीड बढी देखिएको छ । तर ९० को हाराहारी लोकबाट बिदा भएका नेल्सन मण्डेलाको जीवन विश्वकै लागि अपुग भएर खड्किएको छ । भौतिक उपलब्धताको दृष्टिले दलाई लामासंग के छैन ? तर देश नहुँदाको पीडा कस्तो हुन्छ ? देश धेर भएका हाम्रा नेताहरुले उनको मनोविज्ञान पढे घाँटी घाँटीसम्म थाहा हुन्छ । मानिसहरु समस्याका कारण आत्तिन्छन्, रुन्छन्, कराउँछन्, गुनासो गर्छन् । तर समस्या त हरेक युगमा थियो । रामराज्यमा त थियो भने छविलाल राज्यमा नहुने कुरै भएन । तपाईं कल्पना गर्नुस त यदि समस्या नहुँदो हो त मानिस चौबीस घण्टा कसरी बिताउँथ्यो होला ? यही समस्याकै निदान खोज्न गरेको प्रयासले नै उसले आपैंmले पत्याउन नसक्ने गरी आविष्कार ग¥यो । होइन भने भीमफेदीबाट नोलमा गाडी बोकेर ल्याएको दृश्य इतिहास हैन वर्तमान हुने थियो । 


प्रतिक्रिया दिनुहोस !