भीरबाट लडेर एकको मृत्यु

भीरबाट लडेर एकको मृत्यु

उदयपुरको एक जना युवाको भीरबाट लडेर मृत्यु भएको छ । हिजो राती रौतामाई गाउँपालिका ८ का ३० वर्षीय चन्द्रबहादुर रिखाम मगरको लडेर मृत्यु भएको हो ।

उनी पुवारे भञ्ज्याङ्गबाट डिल्लीबर नयाँवस्ती जाने क्रमममा भीरबाट लडेका हुन । घटनाबारे विस्तृत विवरण अझ प्राप्त हुन सकेको छैन । उनको शव आज विहान भेटिएको हो ।

घटनाबारे थप अनुसन्धानको लागि प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिनु भयो ।

टिप्पणीहरू