प्रहरीलाइ विनम्र बन्न तर कमजोर नबन्न आइजिपी शैलेश थापा क्षेत्रीको निर्देशन

प्रहरीलाइ विनम्र बन्न तर कमजोर नबन्न आइजिपी शैलेश थापा क्षेत्रीको निर्देशन

प्रहरीलाइ विनम्र बन्न तर कमजोर नबन्न निर्देशन दिदै प्रहरी प्रमुख शैलेश थापा क्षेत्री प्रदेश नम्बर १ को निरिक्षण भ्रमणमा निस्किएका छन । आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अवलोकन भ्रमणको क्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखलाई निर्देशन दिदै प्रमनि क्षेत्रीले सो कुरा बताउनु भएको हो ।

प्रमनि क्षेत्रीले प्रहरी कर्मचारीको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्नु पर्ने बताउँदै नागरिकलाई छिटो छरितो एवं पारदर्शीरुपमा सेवा पुर्याउन जोड दिनु भयो । उहाँले प्रहरी सेवामा अनुसन्धान पद्धतिलाई प्रविधीमैत्री बनाउँदै, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतिबाट शसक्त रुपमा काम कारवाही गर्न निर्देशन दिनु भयो ।भ्रमणकै क्रममा प्रहरी महानिरीक्षक थापाले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूसंग अन्तरक्रिया समेत गर्नु भएको थियो । प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो जिल्लाको वस्तुस्थिति बारे प्रस्तुतिकरण गरेका थिए ।

सो अवसरमा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले प्रहरीका विभिन्न गतिविधिबारे जानकारी गराएका थिए ।

टिप्पणीहरू