भोलिदेखि मनमोहन अस्पतालमा अक्सिजन प्लाण्ट

भोलिदेखि मनमोहन अस्पतालमा अक्सिजन प्लाण्ट

दक्षिणकालीको फर्पिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा भोलिदेखि अक्सिजन प्लाण्ट शुरु हुने भएको छ ।

स्वदेश तथा विदेशमा रहेका शुभचिन्तक महानुभाव तथा विभिन्न संघ संस्थाहरुबाट प्राप्त आर्थिक सहयोगले अस्पतालमा अक्सिजन प्लाण्ट जडान भएको जनाइएको छ ।

अस्पतालले भोलि दिउँसो ४ बजे अस्पताल परिसरमा जडान भएको उक्त प्लाण्टको उद्घाटन गरिने जानकारी दिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरमा अक्सिजनको अभावमा धेरै जना संक्रमितले ज्यान गुमाउनु परेको कारण त्यसपछि धेरै जसो अस्पतालले अक्सिजन प्लाण्ट स्थापनामा जोड दिएका छन् ।

टिप्पणीहरू