युवा दिवसमा मणिडों वैदिक उद्यानको शुभारम्भ

युवा दिवसमा मणिडों वैदिक उद्यानको शुभारम्भ

राष्ट्रिय युवा संघ नेपालले अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को उपलक्ष्यमा आज मणिडों वैदिक उद्यानको निर्माण शुभारम्भ गर्न लागिएको हो ।

आज अपरान्ह ४ बजे ललितपुरस्थित शंखमूल टाउन प्लानिङ्गमा उक्त कार्यको शुभारम्भ हुने संघले जनाएको छ ।

संघले खाद्य प्रणालीमा रुपान्तरण, मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन नाराका साथ कार्यक्रमहरु अघि बढाएको जनाइएको छ ।

टिप्पणीहरू